चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निर्क्योल गर्न भारत पठाइने « Khabarhub

चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निर्क्योल गर्न भारत पठाइने


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असी हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ।

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि नमुना भारत पठाउने लागिएको हो।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाइएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको कुल ८० हजार लिटर डिजेलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौँको केन्द्रीय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजेलको नमुना परीक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणीकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निर्क्योल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : ४० बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको