इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा सोमबार फोनमा वार्ता भएको हो ।

उनीहरुका बीचमा सो अवसरमा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको थियो । इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइए अनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदान प्रदान र लगानीका क्षेत्रहरुलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको सो वेबसाइटमा जनाइएको छ । वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको सो सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : २३ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर