पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी  « Khabarhub

पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

मुगु– छायाँनाथ रारा नगरपालिका-८ चुगा गाउँका दन्त लाल भियालको दैनिकी कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने । पिठ्युँमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन् । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन् । जहान परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उनी रारामा दौडिने गर्दछन् ।

पर्यटक नआउँदा उनको मन सुख्खा रोटीसँगै खाएको पिरो खुर्सानी जस्तै मन पनि पिरो हुन्छ । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन् । ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँछन् । विगतका वर्षहरूमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए ।

तर, अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्या पनि कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन गुजरा चलाउन सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ-धौ परेको उनको भनाइ छ ।   

रारा तालमा घुम्न आउनेको सङ्ख्यामा कमी भएपछि मुगुका घोडा व्यवसायीको रोजगारी संकटमा परेको हो । दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेको अर्को घोडा व्यवसायी पप्पु तिरुवाले बताए । 

उनका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दर रेट निर्धारण नहुदाँ पर्यटकहरू ठगिने गरेका छन् ।  

रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ । हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १०  देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : २८ बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको