पोल्याण्डद्वारा युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने घोषणा « Khabarhub

पोल्याण्डद्वारा युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने घोषणा


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।

युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै गरिने जानकारी दिए ।

यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो । पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ४९ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि