न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सर्वोच्च बारको आग्रह « Khabarhub

न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सर्वोच्च बारको आग्रह


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ : सर्वोच्च अदालत बार एसोसिएसनले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।

सर्वोच्च बारको आज बसेको आकस्मिक कार्यसमितिको बैठकले नेपालको संविधानले अङ्गीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका तथा स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पालना गरी न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दललगायत सम्बद्ध सबैमा आग्रह गरेको हो ।

नेपालको संविधानले स्वतन्त्र न्यायपालिका, विधिको शासनको पूर्ण प्रत्याभूत गरेको परिप्रेक्ष्यमा अदालतमा कुनै मुद्दा दर्ता हुने नहुने विषय र त्यसमा कानूनबमोजिम निर्णय गर्न अदालत पूर्ण स्वतन्त्र हुने सर्वोच्च बारले बताएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : १२ बजे

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं – अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा

शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदका सपना पूरा गर्ने