सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार  « Khabarhub

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार 


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सुरूमा भण्डारीको पनि किर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए।

उनको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उनले जानकारी दिए। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताए।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरु गरिएको छ। दिनमा तीन-चार पटक हिँडाउन थालिएको र उनी अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ५९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान