चैतभित्रै इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह « Khabarhub

चैतभित्रै इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो। सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ।

यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन्। ६ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ। इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला