दुई बर्ष पछि चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा फर्किए लाम्पार्ड | Khabarhub Khabarhub

दुई बर्ष पछि चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा फर्किए लाम्पार्ड


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार देखी फ्रांक लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । 

 दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार केही समय अघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई वर्ष अघि बर्खास्त गरेका लाम्पार्डलाई फेरि क्लबमा फिर्ता बोलाएको विषयलाई आश्चर्यजनक घटनाको रुपमा लिइएको छ ।

उनलाई बर्खास्त गरेयता चेल्सीले यसबीचमा दुई जनालाई व्यवस्थापकीय जिम्मेवारी दिएको थियो । लाम्पार्ड बर्खास्तमा परे पछि चेल्सीले थोमस टुचेल व्यवस्थापकीय जिम्मेवारी दिएको थियो । त्यसबाट पनि असन्तुष्ट रहेको चेल्सीले टुचेललाई पनि बर्खास्त गरेर पोटरले सो अवसर दिएको थियो । 

 तर, केही समय अघि पोटर पनि बर्खास्तीमा परे पछि चेल्सीले लाम्पार्ड छोटो समयका लागि व्यवस्थापकीय जिम्मेवारीमा ल्याएको हो । उनी यस सिजनको अन्त्यसम्म रहने गरी चेल्सीले सम्झौता गरेको जनाईएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई