दुई बर्ष पछि चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा फर्किए लाम्पार्ड « Khabarhub

दुई बर्ष पछि चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा फर्किए लाम्पार्ड


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार देखी फ्रांक लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । 

 दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार केही समय अघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई वर्ष अघि बर्खास्त गरेका लाम्पार्डलाई फेरि क्लबमा फिर्ता बोलाएको विषयलाई आश्चर्यजनक घटनाको रुपमा लिइएको छ ।

उनलाई बर्खास्त गरेयता चेल्सीले यसबीचमा दुई जनालाई व्यवस्थापकीय जिम्मेवारी दिएको थियो । लाम्पार्ड बर्खास्तमा परे पछि चेल्सीले थोमस टुचेल व्यवस्थापकीय जिम्मेवारी दिएको थियो । त्यसबाट पनि असन्तुष्ट रहेको चेल्सीले टुचेललाई पनि बर्खास्त गरेर पोटरले सो अवसर दिएको थियो । 

 तर, केही समय अघि पोटर पनि बर्खास्तीमा परे पछि चेल्सीले लाम्पार्ड छोटो समयका लागि व्यवस्थापकीय जिम्मेवारीमा ल्याएको हो । उनी यस सिजनको अन्त्यसम्म रहने गरी चेल्सीले सम्झौता गरेको जनाईएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।