कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला « Khabarhub

कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दोहा– पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ ।

देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, दोस्रोमा फिलिपिनो समुदाय, तेस्रोमा श्रीलंकाली समुदाय र चौथोमा इजिप्टियन समुदाय छन्।

हाल करिब ७ सय पुरुष र महिला निर्वासन जेलमा छन्। आवश्यक प्रक्रिया पूरा गरी आगामी दश दिनभित्र उनीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ । विगत तीन महिनामा लागूऔषध दुर्व्यसन र ओसारपसार गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५७ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा