तालिम पूरा गरेका जवानलाई सशस्त्रका महानिरीक्षकको निर्देशन – कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्नू « Khabarhub

तालिम पूरा गरेका जवानलाई सशस्त्रका महानिरीक्षकको निर्देशन – कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्नू


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गरे ।

तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अतिरिक्त महानिरीक्षक पौडेलले तन, मन र वचनका साथ नागरिकको सेवा र सुरक्षामा लाग्न सुझाव दिए ।

अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्र अवसर र चुनौतीको सङ्गमस्थल भएको धारणा पनि व्यक्त गरे ।

कूल एक सय ५१ जना दीक्षित भएको उक्त समारोहमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिनाका साथै कवाजलगायत विभिन्न प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ३ : ४५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका