सरकारले विज्ञापनसम्बन्धी नीति बनाउँछ : मन्त्री रिजाल « Khabarhub

सरकारले विज्ञापनसम्बन्धी नीति बनाउँछ : मन्त्री रिजाल


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले  विज्ञापनसम्बन्धी नीति बनाएर नै सहयोग गर्ने बताएका छन् ।

राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानूनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।”

उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए । गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए ।

“हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ ।” उनले भने ।

प्रारम्भिक साधारणसभाले दुईवर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ३ : ५७ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको