शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री प्रचण्ड


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

“अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ”, उनले भने, “हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउनेछौँ ।”

उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताएका छन् । एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि बढेको उनको भनाइ छ ।

“अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।”

उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

उनले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको उल्लेख गरे ।

आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए । उनले सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रमसहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : १२ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ