मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको घोषणा « Khabarhub

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको घोषणा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले एकताको घोषाण गरेका हुन् । आगामी अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले नेपालको सामाजिक क्रान्तिका साथ जनताका ज्वलन्त समस्या समाधानका र सामन्तवादका अवेशषहरुलाई अन्त्य गर्नका लागि अघि बढ्ने बताए । उनले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एक ठाँउमा ल्याउनका लागि छलफल भइरहेको धारणा राखे ।

त्यस्तै, नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या समाधानका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । उनले आगामी अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा पार्टीको नाम घोषणा हुने जानकारी दिए ।

उनले नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बताए । परिवर्तनका लागि क्रान्ति गर्नका लागि अब अघि बढ्ने उनको भनाइ छ ।

उनले विगतमा भएका फुट र त्यसपछिको एकताका विषयमा गहन ढंगले छलफल भइरहेको बास्तोलाले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ०९ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ