कर्णालीमा यही सरकार रहेपनि दलको सहभागिता बदलिन्छ : माओवादी नेता शर्मा | Khabarhub Khabarhub

कर्णालीमा यही सरकार रहेपनि दलको सहभागिता बदलिन्छ : माओवादी नेता शर्मा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सरकारमा सहभागी दलहरु बदलिने बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने तर नेकपा एमालेको ठाउँमा नेपाली कांग्रेसका मन्त्री रहने स्पष्ट पारे ।

सत्ता गठबन्धन दलको केन्द्रीय स्पष्ट नीति र निर्देशनअनुसार कर्णाली प्रदेश सरकार सञ्चालन हुने पूर्वमन्त्री शर्माले बताए । यसका लागि कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँग पनि सरकारलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

उनले भने, ‘कर्णालीमा सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ । अहिले भएको अलमल अन्त्य गरेर सरकार अगाडि बढाउने छौँ । कांग्रेसले केही मन्त्रीको नाम दिन बाँकी रहेकाले सङ्घीय सरकारले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । सरकारले ल्याएका नीतिगत कुरा महत्वपूर्ण छन् । प्रशासनिक सुधारका लागि विकास विशेष अधिकार सम्पन्न समिति बनेको छ । काम भइरहेको छ ।’

नेता शर्माका अनुसार कर्णालीको ठूला भौतिक पूर्वाधार प्रदेश सरकारले गर्न सम्भव छैन । हिल्सा सिमकोटका लागि अनुदानमा गर्ने गरी प्रस्ताव गरिएको, सुर्खेतदेखि घोडेगाउँसम्म ऋण लिएर काम गर्ने प्रक्रिया अगाडि बढेको, कालीकोट हुँदै रारा जाने मार्गको स्तरोन्नति गर्ने, भेरी करिडोरको बजेट छुट्टाइएको, मदन भण्डारी राजमार्ग काम तीव्ररुपमा अगाडि बढेको र राष्ट्रिय लोकमार्गका साथै जिल्लाका ठूला सडकमा सङ्घीय सरकारको लगानी केन्द्रित गर्ने योजना रहेको छ ।

भेरी बबई डाइभर्सनमा कर्णाली सरकारले बढी शेयर लिन र १२ मेगावाटको विद्युत् उत्पादन गर्न कर्णाली सरकारको आयस्रोत बढाउन जगदुल्ला जलविद्युत् आयोजनाको काममा तीव्रता दिन सङ्घीय सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो । गरिबी घटाउने गरी प्रदेश सरकारले रोजगार र उत्पादनलाई जोड दिनुपर्नेमा नेता शर्माको जोड थियो ।

उनका अनुसार सत्य निरूपण तथा मेलमिलाप संवैधानिक निकायसँग सम्बन्धित ऐनहरू टेबुल भएका छन् । बाग्मती, मधेश प्रदेशमा एक ढङ्गले अगाडि बढिरहेको छ । कोशी प्रदेशको शक्ति सन्तुलनको अवस्था जटिल छ र समाधानको प्रयास भइरहेको छ । गण्डकी र लुम्बिनी गठबन्धनको नयाँ स्वरुप दिनुपर्ने आवश्यकता छ । सुदूरपश्चिम प्रदेशमा गठबन्धनको सरकार बनिरहेको छ । परिवर्तनका एजेण्डाको संस्थागत गर्न पार्टीको केही कमजोरी देखिएको अवस्थालाई मनन गर्दै आम पार्टी र जनताको बीचमा समीक्षा गर्ने अभियानलाई अगाडि बढाइएको उपमहासचिव शर्माले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : २६ बजे

भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको दोस्रो टेस्टमा बङ्गलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको

बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो

काठमाडौं– गत शुक्रबार (असोज ११) बाट दुई फिल्म ‘सानो संसार’

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

बैतडी– महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि

जुगलको तेगा पहिरोमा पुरिएका सात जनाको खोजी गरिँदै

चौतारा– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका

मधेसमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम– मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको