पाकिस्तानमा पृथकतावादी नेता पक्राउ | Khabarhub Khabarhub

पाकिस्तानमा पृथकतावादी नेता पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी गुप्तचर निकायले बलुचिस्तान प्रान्तमा पृथकतावादी गतिविधि गर्दै आएको एक सङ्गठनका संस्थापक नेतालाई पक्राउ गरेको छ ।

पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेशनलिस्ट आर्मी (बीएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको हो ।

पाकिस्तानी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध आईएसपीआरका अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई पक्राउ गरिएको हो ।

बीएनएले सुरक्षा निकायलाई लक्षित गरी बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने आईएसपीआरले उल्लेख गरेको छ ।

शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आईएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ ।-

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : २३ बजे

जिबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो

कथा : पोलेको मकै

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज

बागलुङको लाम्मेलामा आगलागी

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सोलुखुम्बु– यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १०