भारतीय नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन | Khabarhub Khabarhub

भारतीय नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओमनमा रहेको भारतीय दूतावासले नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन गरेको छ । राजधानी मुस्काटको बन्दरगाहमा आइपुगेको आईएनएस तेग युद्धपोतमा भारतीय दूतावासले योग कक्षा सञ्चालन गरेको हो ।

सकारात्मक सञ्चारको प्रवाह गर्न एवम् साँस्कृतिक आदान प्रदानका लागि योग कक्षा सञ्चालन गरिएको ओमनस्थित भारतीय दूतावासले जनाएको छ ।

योग कक्षाले युद्धपोतमा रहेका चालक दलका सदस्यको मानसिक स्वास्थ्य सुधार हुने र उनीहरुलाई पुनर्ताजगी प्रदान गर्ने दूतावासले उल्लेख गरेको छ ।

हालै भारत र ओमनले प्रतिआतंकवादका विषयमा रणनीतिक वार्ता गरेका छन् । यस वार्तामा आतंकवादी दुष्प्रचार र अत्याधुनिक प्रविधिमा आतंकवादीको पहुँचलाई रोक्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस