राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री महत « Khabarhub

राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री महत


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन् । आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज भएको भेटमा उनले आयात प्रतिवन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए ।

“प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकामा चालू आवमा लक्ष्य पूरा नहुने अवस्था रहेको छ,” उनले भने । आन्तरिकरुपमा लगानी वातावरणको समस्या, बैङ्क तथा वित्तिय क्षेत्रको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो ।

अर्थमन्त्री डा महतले मौद्रिक नीतिका उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैङ्कसँग निरन्तर छलफल भइरहेको स्पष्ट पारे । अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्री डा महतले सरकारले साधारण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा सरकार रहेको बताए । आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने उनको भनाइ छ । उनले पूर्वाधार निर्माणकार्य समयमा सम्पन्न नहुने, आयोजनाको रकम बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : २९ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल