कमनवेल्थमा गुम्दै गएको राजसत्तामाथिको आकर्षण | Khabarhub Khabarhub

कमनवेल्थमा गुम्दै गएको राजसत्तामाथिको आकर्षण


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राजा चार्ल्सको राज्याभिषेक लाखौँ जनाले सडकमा आएर मनाए। सत्ता हस्तान्तरण र त्यहाँको धार्मिक संस्कृति एकै पटक देखिएको थियो। समारोह वेस्ट मिनिस्टर एबेमा भएको थियो। सन् १०६६ बाट राजतन्त्रात्मक व्यवस्था सुरु भए यता चार्ल्स ४० औं राजा थिए। रानी कमिला बकीङघम प्यालेसमा राजासँगै उपस्थित भएकी थिइन्।

बेलायती समय अनुसार बिहान १० बजेर २० मिनेट गएको समयमा बकिङघम दरबारमा औपचारिक कार्यक्रम सुरु भएको थियो। ट्राफलगर चोकबाट लावा लस्कर सुरु भएको थियो। कार्यक्रममा चार हजार पाहुना बोलाइएका थिए। सैन्य सुरक्षामा कार्यक्रम भएको थियो भने हजारौं जना सडकमा बसेर यो दृश्य हेरिरहेका थिए।

चार्ल्सको यो राज्याभिषेकसँगै धेरै बहस सुरु भएको छ। यो बहसमा साना राज्यको सार्वभौमिकता र यिनीहरू संयुक्त अधिराज्य अन्तरगत रहने या भिन्न अस्तित्वमा रहने भन्ने बहस उठेको छ। सेन्ट किटीस एन्ड नेभिसमा क्रिकेट अत्यन्त लोकप्रिय छ। त्यहाँ बेलायतको प्रभाव छ।

सेन्ट किटिस र नेभिस एटलान्टीक महासागर र क्यारेबीयन समुद्र बीचमा रहेको छ। त्यो पहिलो बेलायती अधिराज्य थियो। तन्त्रताको ४० वर्षपछि पनि त्यहाँ बेलायती प्रभाव कायम छ। यो देश अझै गणतान्त्रिक भइसकेको भन्ने विवाद देशमा अझै छ। सारेलीन मार्टिन त्यस देशको राजा चार्ल्स शासनपछि अवस्थाका बारे पनि सोचीरहेकी छिन्। ‘चीन र ताइवानले हामीलाई बेलायतले भन्दा धेरै बढी हेरेको थियो। तसर्थ बेलायतले नै हामीलाई हेर्नुपर्छ भन्ने छैन।’

जुलियन मोर्टानको भिन्न मत छ। उनको विचारमा देश स्वतन्त्र भए पनि बेलायती प्रभावबाट मुक्त रहनसक्छ या सक्दैन भन्ने प्रश्न व्यापक रहेको छ। क्रिस्टोफरक रोजर्स यी सबै कुरा सामना गर्न तयार भए पनि कोरोना महामारी कालको गलत प्रभावबाट बाहिर आउन प्रयास गरेको बताउँछन्। उनले बारबाडोस जस्तै सेन्ट किटिस एन्ड नेभीस नयाँ देश भएको बताउँछन्। सेन्ट किटिस एन्ड भिनिसले पछिल्लो समय जनमत सङ्ग्रहबाट पूर्ण स्वतन्त्रताको निर्णय गरिसकेको छ।

यसै किसिमको बहस सेन्ट लुसिया, बहमास र जमैकामा पनि जारी छ। त्यहाँको संसद्को सामान्य बहुमतले यसलाई स्वीकार गरेको छ। एन्टुगुवा र बर्मुडामा यो कठिन छ। ग्रेनडा र सेन्ट भिसेन्टमा यो कठिन छ। किनकी त्यहाँ हेरेको कुरा पास हुनका लागि दुई तिहाइ बहुमत आवश्यक छ।

ग्रेनडाले यो अप्ठेरोको बाबजुद सन् २००९ मा आफूलाई पूर्ण स्वतन्त्र राख्ने निर्णय त्यहाँको सांसदबाट गरिसकेको छ। ४५ प्रतिशत मतदाताले रानी एलिजाबेथ द्वितीयालाई मानार्थ राष्ट्रपतिको पक्षमा मतदान गरेका थिए।

सिड्नीको सडकमा हिँडिरहँदा त्यहाँ राजा चार्ल्सको राज्य अभिषेकको कुनै प्रभाव नै छैन। बाटोमा हिँडेका एक व्यक्ति त राज्य भिषकको दिनको बारे नै थाहा नभएको बताउँछन्। ७३ वर्षीय ग्राहम फ्रान्कलाई त यसका बारे कुनै चासो नै छैन। अहिले राजाको राज्य अभिषेक टिभीमा लाइभ पनि भएको छ। धेरै जनालाई यो हेरेर बस्ने कुरामा कुनै चासो नै छैन।

रानी एलीजावेथले जस्तो राजा चार्ल्स अस्ट्रेलियामा लोकप्रिय छैनन्। यस कारण त्यहाँ बेलायती प्रभाव पनि स्वतः कम हुनेछ। २५ वर्ष अगाडि जनमत सङ्ग्रहमार्फत अस्ट्रेलियाले राजतन्त्रसँग सहकार्य नगर्ने निर्णय गरेको थियो। त्यस पछि नै अस्ट्रेलिया अर्कै गतिमा अघि बढी सकेको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानीज गणतन्त्र अपरिहार्य भएको बताउँछन्। सँगै रहेको न्युजील्यान्डको समान कथा छ। प्रधानमन्त्री कृश हप्कीन्स पनि आफू गणतन्त्रको पक्षधर भएको तथा एक दिन त्यसको बाटोमा जाने बताउँछन्।

अस्ट्रेलियामा अहिले नै सेरोमोनियल राजतन्त्र छ। त्यो देश पनि बेलायती प्रभावबाट पूर्ण रूपमा मुक्त हुन चाहन्छन्। अहिले त्यहाँ साम्राज्यवाद विरोधी प्रभाव बढेको छ। ‘हामी विगतको भन्दा बढी स्वतन्त्रता चाहने भएको छौं’, १७ वर्षीया एस्टोल पिटरसनले भनिन्, ‘यहाँ बेलायती शासक हामी कल्पना पनि गर्न सक्दनौं।’

उनकै साथी मोनिका जानु लेभा काटिस यो कुरामा सहमत छन्। बेलायती राजप्रसाद प्रतिको आकर्षण घट्नुका बाबजुद अस्ट्रेलिया गणतन्त्रको बाटोमा जना अझ धेरै वर्ष लाग्नसक्ने छ। यसका लागि अस्ट्रेलियाका धेरै जना मतदाता तयार छैनन्।

क्यानडामा पनि राज चार्ल्सको आकर्षण खासै देखिँदैन। रानी एलिजाबेथको निधनपछि त्यहाँ बेलायती राजप्रसादसँगको भावनात्मक सामीप्यता नै अल्झिएको छ। क्यानडामा पनि धेरै जना राजतन्त्रबाट टाढा जान चाहन्छन्। अप्रिल महिनाको अन्त्यमा एन्गस रेइडले एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षण अनुसार आधा भन्दा बढी आउँदो पुस्ताका लागि संविधानबाटै राजतन्त्र हटाउने पक्षमा रहेको पाइएको छ। पाँच मध्येका दुईले राज्य अभिषेकको बारे कुनै चासो नभएको बताएका थिए।

राज्य अभिषेकका दिन क्यानडामा लामो समय जनमत सङ्ग्रह टेलिभिजनमा देखाइएको थियो। सङ्घीय राजधानी ओटावा लगायत अन्य राजधानीमा पनि प्रत्यक्ष प्रसारण देखाइएको थियो। गत वर्ष मात्र क्यानडामा बेलायती राजप्रसादसँगको सहकार्यको बारे सल्लाह भएको थियो।

क्युबेकको अवस्था फरक छ। त्यहाँका अन्य राज्यको भन्दा राजतन्त्रात्मक व्यवस्थालाई नै खराब रूपमा लिइन्छ। बेलायती उपनिवेशमा भएको यो क्षेत्रमा फ्रान्सेली भाषाको प्रयोग हुन्छ। गत महिना क्युबेकले कुनै पनि समय राजतन्त्रको विकल्प सोच्न सकिने भन्ने प्रस्ताव पारित गरेको छ। तर यसका बाबजुद क्यानडालाई बारबाडोस, अस्ट्रेलिया र जमैकाको नजिक लैजाँदैन। जसले राजतन्त्रलाई औपचारिक रूपमा बहसको विषय बनाइ सकेका छन्।

अहिलेको संसदीय व्यवस्थाका बारे पुनः विचार गर्न त्यहाँको दुवै तहको संसदमा बहस आवश्यक छ। अहिले त्यहाँको १० वटै प्रान्तमा यसको बारे छलफल हुनु अत्यन्तै कठिन मानिएको छ। सायद यो सबै भन्दा ठूलो समस्या पनि हो।

बेलायती उपनिवेश संसारमा धेरै देशका लामो समयसम्म रहेका थिए। यस लामो समयको बीचमा विस्तारै साम्राज्यको प्रभाव हटेको छ। साथै यसको औपनिवेशिक देशमा त्यहाँका नागरिकको आकर्षण पनि घट्दो छ। बेलायती राजाप्रसादसँगको साइनो बन्द गर्न धेरै देश आतुर छन्। धेरै कमनवेल्थ देश राजतन्त्रले विकल्प खोजी रहेका छन्। सायद एलिजाबेथ शासनको अन्त्य पछि यो क्रम अझ बढ्ने अनुमान गरिएको छ। स्रोत: बीबीसी

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ३० बजे

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं– आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ ।

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

ढोरपाटन– जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं– नेपालले बङ्गलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान