चार्ल्स तृतीयाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन « Khabarhub

चार्ल्स तृतीयाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्र विरोधी प्रदर्शन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । 

शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बेलायती राजतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने विरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूले राज्याभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्क्वायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र विरोधी अभियानका विरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरूले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरूले टिसर्टमा राजतन्त्र विरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४८ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि