दर्ताबिना सञ्चालित पसलमा ताला | Khabarhub Khabarhub

दर्ताबिना सञ्चालित पसलमा ताला


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताबिना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भने, “अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताए ।

पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ४९ बजे

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही

प्रभावकारी बन्दै होमियोप्याथी उपचार

काभ्रे घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय सागर

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव