अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते « Khabarhub

अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ ।

खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

त्यसैगरी करिब ३०० आवासीय घरहरू  क्षतिग्रस्त भएका छन् । कामा, लालपुर, गोष्टा, कोज कुनार जिल्ला र नान्गार्हार लगायतका प्रान्तका अन्य केही क्षेत्रको हजारौँ एकड खेतीयोग्य जमिनमा आएको बाढीका कारण क्षति पुगेको हो ।

स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा वर्षा र बाढीका कारण भएको क्षतिका तस्बीर सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाले बाढीपीडित परिवारलाई सहयोग गर्न सहयोगी संस्थाहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, तीव्र हावासँगै आएको भारी वर्षाले उत्तरी बल्ख, समंगन, तखार, कुन्दुज र बाघलान प्रान्तमा खेतबारी र बगैँचामा व्यापक क्षति पुर्‍याएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको मौसम विज्ञान विभागले मौसम थप जटिल हुनसक्ने भविष्यवाणी गरेको छ । गत अप्रिलको सुरुमा तालिबानको नेतृत्वमा रहेको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका ३१ प्रान्तमा अचानक आएको बाढी र भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको बताएका थिए ।

प्राकृतिक प्रकोपका कारण ८ सय ४८ गाईबस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घरमा आंशिक क्षति  पुगेको र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा  भौतिक तथा आर्थिक क्षति भएको उनले उल्लेख गरेका छन् ।

अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान लगायतका छन्। भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्णरुपमा ध्वस्त भएका पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : २४ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स