लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै « Khabarhub

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ (बीआईटीएम) को आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो ।

वैशाख २८ गतेदेखि सुरु हुने मार्टमा झण्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टुर अपरेटर सहभागी हुने बीआईटीएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए ।

उनका अनुसार वैशाख २८ गतेदेखि सुरु हुने मार्ट वैशाख ३० गतेसम्म चल्नेछ । यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने गुरागाईंको भनाइ छ ।

‘अहिले विश्वस्तरमा चलेको लण्डनको डब्लुटीएम, जर्मनीको आइटीबी बर्लिन जस्तै नेपालको प्रमुख कार्यक्रमका रुपमा बीआईटीएम लूम्बिनी हुन्छ,’ उनले भने ।

बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्टको तयारी तीव्र रुपमा भइरहेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए । नाट्टाको केन्द्रीय कार्यालयमा सचिवालय राखेर बुद्ध दर्शनसँग सम्बन्धित विज्ञ राखेर तयारी तीव्र पारिएको अध्यक्ष थापाले बताए । बीआईटीएममा आउने अन्तर्राष्ट्रिय विज्ञ र अतिथीलाई आमन्त्रण पनि गरिएको उनले बताए ।

‘हामी अहिले बीआईटीएम आयोजना गर्ने अन्तिम तयारीमा छौँ । पर्यटन बोर्डको सहयोग र सहकार्यमा सबै तयारी तीव्र पारिएको छ’ उनले भने, ‘यसका लागि नाट्टाका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विभिन्न समिति गठन गरेर काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ५२ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४