लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै « Khabarhub

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ (बीआईटीएम) को आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो ।

वैशाख २८ गतेदेखि सुरु हुने मार्टमा झण्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टुर अपरेटर सहभागी हुने बीआईटीएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए ।

उनका अनुसार वैशाख २८ गतेदेखि सुरु हुने मार्ट वैशाख ३० गतेसम्म चल्नेछ । यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने गुरागाईंको भनाइ छ ।

‘अहिले विश्वस्तरमा चलेको लण्डनको डब्लुटीएम, जर्मनीको आइटीबी बर्लिन जस्तै नेपालको प्रमुख कार्यक्रमका रुपमा बीआईटीएम लूम्बिनी हुन्छ,’ उनले भने ।

बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्टको तयारी तीव्र रुपमा भइरहेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए । नाट्टाको केन्द्रीय कार्यालयमा सचिवालय राखेर बुद्ध दर्शनसँग सम्बन्धित विज्ञ राखेर तयारी तीव्र पारिएको अध्यक्ष थापाले बताए । बीआईटीएममा आउने अन्तर्राष्ट्रिय विज्ञ र अतिथीलाई आमन्त्रण पनि गरिएको उनले बताए ।

‘हामी अहिले बीआईटीएम आयोजना गर्ने अन्तिम तयारीमा छौँ । पर्यटन बोर्डको सहयोग र सहकार्यमा सबै तयारी तीव्र पारिएको छ’ उनले भने, ‘यसका लागि नाट्टाका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विभिन्न समिति गठन गरेर काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ५२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको