‘शिक्षामा सीप कार्यक्रम स्वागतयोग्य छ’ « Khabarhub

‘शिक्षामा सीप कार्यक्रम स्वागतयोग्य छ’



काठमाडौँ – शिक्षामा सीप भन्ने कार्यक्रम अत्यन्त राम्रो कार्यक्रम हो। काठमाडौँ महानगरले यो ढिलै भए पनि सुरु गरेको छ। यसलाई म व्यक्तिगत र संस्थागत तर्फबाट सम्मान गर्छु। किनभने जनकल्याण मावि २०७६ सालबाट नै सीपसँग शिक्षाको बारेमा पटक पटक एसएमसी, पिटिए र अभिभावकहरूसँग छलफलमा जुट्ने गरेको थियो । जसले गर्दा २०७९ सालबाट ३० वटा सिलाइ मेसिन किनेर पनि शिक्षामा सीप जोड्दै अगाडि बढेका थियौँ।

त्यस्तै सङ्गीतको क्षेत्रमा पनि विद्यार्थीलाई लगाउने र उनीहरूलाई सीप सिकाउने गरेका छौँ। चित्रकारिता र नृत्यको कक्षा पनि जोडेका थियौँ। अहिले महानगरले ९० घण्टाको कार्यक्रम अगाडि बढाइरहँदा हाम्रो विद्यालयमा वार्षिकोत्सवका कारण वैशाख १५ गतेबाट अगाडि बढाउनुपर्ने कार्यक्रममा हाम्रो ढिला सम्झौता भयो। एउटा मात्रै शुक्रबार र शनिबार पाक कला र ब्युटिसियन एण्ड हेयर स्टाइलको कक्षाहरू अगाडि बढ्दै गएका छन्। हामी यसबाट उत्साहित भएका छौँ। त्यसको प्रभाव धेरै अगाडि जान्छ भन्नेमा हामी निश्चित छौँ।

अहिले हामीले चित्रकला, सिलाइबुनाइ, सङ्गीतका शिक्षकहरू राखेर अगाडि बढिरहँदा बजेट निर्माणको क्रममा १ लाख २० हजार रुपैयाँले त्यो कामलाई अगाडि बढाउन सकेका छौँ।

किनभने अहिलेको शिक्षामा धेरै हाम्रा भाइबहिनीहरूले दुःख पाएको कुरा एकातिर छ भने उनीहरूसँग सीप नभएका कारण देशले भोगेका समस्याहरू पनि धेरै छन्। शिक्षामा सीप कार्यक्रमपछि विद्यार्थीहरूले सिक्दै, पढ्दै गरेका कुराहरूले भोलिको अवस्थामा केही गरिखाने बाटोमा जान्छन् र आफ्नै देशभित्र रहन्छन् भन्ने हाम्रो धारणा हो।

अहिले हामीले चित्रकला, सिलाइबुनाइ, सङ्गीतका शिक्षकहरू राखेर अगाडि बढिरहँदा बजेट निर्माणको क्रममा १ लाख २० हजार रुपैयाँले त्यो कामलाई अगाडि बढाउन सकेका छौँ।

तर, अहिले महानगरले कम्तीमा पनि २ लाख ३० देखि ३५ हजारको एउटा कार्यक्रम ल्याउँदै गर्दा मैले त्यो प्रधानाध्यापकलाई नै जिम्मा दिएर भोलिको दिनमा लैजाने हो भने अझ विद्यालयले लाभ पाउँथ्यो कि, अहिले ३० को ठाउँमा ६० जनाले एउटै कार्यक्रममा भाग लिन पाउँथे की भन्ने अपेक्षा गरेको छु।

हामीले एउटा फोकल व्यक्तिको व्यवस्था गरेका छौँ। त्यो फोकल व्यक्तिलाई पनि अलिकति केही पारिश्रमिकको सम्बोधन भएको भए उहाँलाई पनि खटेर हेर्नुहोस् भन्ने वातावरण सृजना हुन्थ्यो।

अहिले नै यसलाई बजेट धेरै भयो, र कार्यक्रम ठिक छैन भन्ने अवस्था छैन। किनभने अहिले हामी सुरुवाती चरणमा छौँ। कुन ढङ्गले यो कार्यक्रम अगाडि बढ्छ, कति विद्यार्थीले सिक्न सक्छन्, कसरी जान्छन् भन्ने कुरा भोलिको दिनमा थाहा पाइन्छ।

त्यसैले भोलिका दिनमा महानगरले नीति बनाउँदा प्रधानाध्यापकलाई नै विश्वास गरेर यो जिम्मेवारी दिएर लाग्दा अझ राम्रो हुने मेरो विचार छ।

अहिले शुक्रबार र शनिबार यो कार्यक्रम चलाउँदै गर्दा हामीले एउटा फोकल व्यक्तिको व्यवस्था गरेका छौँ। त्यो फोकल व्यक्तिलाई पनि अलिकति केही पारिश्रमिकको सम्बोधन भएको भए उहाँलाई पनि खटेर हेर्नुहोस् भन्ने वातावरण सृजना हुन्थ्यो।

कोलोनरी आर्ट (पाक कला) ले ४ घण्टा र ब्युटिसियन ६ घण्टा गरेर यो कार्यक्रम शनिबार पनि राखिएको छ। त्यस कारण उहाँहरूलाई मात्र जिम्मा दिनुभन्दा एउटा विद्यालयको प्रतिनिधि हुन आवश्यक छ। त्यो मेरो एउटा अनुरोध हो। हाम्रो फोकल व्यक्तिलाई केही बस भाडाको व्यवस्था भएको भए अझ राम्रो हुने थियो।

अहिले यो शिक्षामा सीप नामक कार्यक्रम एकदमै स्वागतयोग्य छ।

(दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा जनकल्याण माविकी प्रधानाध्यापक कुमारी कमला राईले राखेको धारणाको सम्पादित अंश)

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १० : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार