भूमिहीन सुकुमबासीले पाए लालपूर्जा « Khabarhub

भूमिहीन सुकुमबासीले पाए लालपूर्जा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ । 

बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । 

झापाको कनकाई नगरपालिकाका २९ र  इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । ‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुमबासी हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनलाई जमिन उपलब्ध गराउन द्रुतगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहीन दलित सुकुमबासीलाई भूमि माथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताइन्  ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ०५ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार