भक्तपुरमा १८ लाखभन्दा धेरैका गरगहना र नगद चोरी « Khabarhub

भक्तपुरमा १८ लाखभन्दा धेरैका गरगहना र नगद चोरी


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : १३ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।