रुस-युक्रेन युद्धमा नेपाली पुगे राष्ट्रलाई क्षति हुन्छ | Khabarhub Khabarhub

रुस-युक्रेन युद्धमा नेपाली पुगे राष्ट्रलाई क्षति हुन्छ

विदेशमा नेपाली-नेपाली आपसमा लडिरहेको छन् भन्नु कूटनीतिक असफलता हुन्छ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अहिले विभिन्न राजनीतिक विषयले चर्चा पाए पनि एउटा विषय भने गम्भीर रुपमा उठिरहेको छ। धेरैको चासोमा परेको विषय रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू सेनामा भर्ती भएको कुराले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यो विषय सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा आइरहेको छ। एकातर्फ हामी असंलग्न परराष्ट्र नीतिको र पञ्चशीलको सिद्धान्तको कुरा गर्छौँ र अर्काेतर्फ यसरी गैर कानुनी रूपमा नेपाली युवा पढ्न भनेर रसिया पुग्ने र त्यहाँ बाध्यतावश आर्थिक लाभको कारण युद्धरत देशको सेनामा भर्ती भइरहेको अवस्था छ। यो विषयमा सरकारको नजरमा किन गम्भीर बन्न सकेको छैन ? त्यहाँ शिविरमा भर्ना भएबापत ६० हजार रुपैयाँ मासिक पाउने लोभ युवामा बढेको देखिन्छ। तालिमपछि मासिक दुई लाखसम्म पाउने, त्यहाँको नागरिक हुने र यहाँबाट आफ्ना सन्तानलाई पनि लान पाउने सुविधा देखेर नेपाली युवा रसियातर्फ आकर्षित भइरहेका छन्। यसले पार्ने प्रभाव के हुनसक्छ ? यसै विषयमा आधारित रहेर नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यातसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

युद्धरत क्षेत्रमा नेपाली युवा ज्यानको जोखिम राखेर सेनामा भर्ना हुनुको कारण के हो ?
कोभिडले ल्याएको अवस्थाले संसारभर आर्थिक अवस्था कमजोर भएको छ। रसिया र युक्रेनको युद्धले कस्तो अवस्था आउनसक्छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ। यसमा हाम्रो नेपाल सानो राष्ट्र हो। जुन ठाउँमा विश्व शक्तिको प्रतिस्पर्धा भइरहेको छ। हामी यसरी अवस्थित छौँ। अवसरको खोजी गर्दै नेपाली युवा विश्वभर पुगिरहेका छन्। युवा किन यसरी विदेश गए ? विश्वको भूराजनीति अवस्थाले खोजेको परिवर्तनमा युवा किन पुग्छन् ? विश्वको लडाइँमा नेपाली युवा कसरी सहभागी हुन्छन् ? किन उनीहरुमा परिवर्तनहरू आइरहेको छ। यो भनेको १९९१ देखि अमेरिकाले गल्फमा इराकमा एउटा हमला गर्याे। त्यसमा कन्ट्याकहरुमा विभिन्न देशका नागरिकहरू आउने र भाग लिने गर्थे। हाम्रोमा नीतिको अभाव, आर्थिक अभाव र अवसरको अभावको कारण बाध्यतावश युवाहरू त्यहाँ जान बाध्य भए।

स्वदेशमा रोजगारको व्यवस्था नहुनु र राजनीतिक अस्थिरताका कारण युवाहरू बाहिर जाने भए। शिक्षाको लागि गएका विद्यार्थी युद्ध लड्न किन बाध्य भए भनेर सरकारले ध्यान दिएको छ त ?
जबसम्म हामी आन्तरिक हिसाबमा एकीकृत हुँदैनौँ तबसम्म विश्वमा हाम्रो उपस्थिति कमजोर हुन्छ। भोलि नेपाली योद्धाहरु युक्रेन र रसियाको स्वतन्त्रताको लागि लडिरहेका छन् भनेर सुन्नु नपरोस्। यो विषय भनेको हाम्रो राष्ट्रियता र राष्ट्रसँग सम्बन्धित विषय हो। यो अवस्था सिर्जना हुनुमा हाम्रो असफल कूटनीति, दुई पक्षीय सम्बन्ध र परराष्ट्र नीतिसँग जोडिन पुग्छ।
हामीले जबसम्म कुनै राष्ट्रसँग सन्धि वा सम्झौतामार्फत अगाडि बढ्दैन तब त्यहाँ समस्याको सिर्जना हुन्छ। भारतीय सेनामा नेपाली जान्छन्, बेलायतमा जान्छन् त्यो विषयमा हामीले स्पष्ट सम्झौता गरेका छौं। यो विषयमा सरकार गम्भीर बन्नुपर्छ।

अहिले भारत र बेलायत भन्दा अरु देशको सेनामा नेपाली जान पाउँदैनन् त ?
नेपाली युवाहरू अरु देशमा पनि गएका हुन्छन्। जस्तो: सिंगापुर पुलिस, सेक्युरिटी गार्डहरू कनट्याक्टको आधारमा जाने गरेका छन्। अमेरिकी सेनाहरुमा पनि नेपाली युवाहरू छन् यसरी सबै ठाउँमा युवा जाने हो भने विस्तारै देश रित्तिन्छ। अरूको देशको स्वतन्त्रता र रक्षाका लागि नेपाली युवा गएका छन्। यसलाई समयमा नै रोक लगाउनु पर्छ। राष्ट्रको दायित्त्व आफ्नो जनता कहाँ छन् त भनेर हेर्ने पनि हो।

युक्रेन र रसियाको कुरामा हेर्दा यो हाम्रो हाम्रो परराष्ट्र नीति अनुरूप छ कि छैन ? हाम्रो जुन असंलग्नता परराष्ट्र नीति छ अथवा संविधानमा दिएका राष्ट्र हितका कुराहरू छन् त्योसँग मेल खाँदैन। त्यसैले यो विषयमा गम्भीर बन्नुपर्छ। यो विषयमाा संसार विभाजित हुनसक्छ। जस्तो : मार्च २०२२ मा युनाइटेड नेसन्समा ९६ देशले रसियन अग्रेसनको विरोधमा आवाज उठाए। त्यसमा १४१ देशमध्ये नेपालले पनि ठिक होइन भनेर मत हालेको थियो। यो विषयलाई कसरी मिलाउने भनेर राज्यले सोच्नुपर्छ। यसले राजनीतिक विश्वासमा ठेस आउँछ। नेपाललाई कूटनीतिक सक्षम बनाउन कठिन हुन्छ। साथै शक्ति राष्ट्रलाई पनि सन्तुलन राख्न कठिन हुँदै जान्छ। त्यस कारण हामीले यो कुरालाई समयमा नै ध्यान दिनुपर्छ।

रसिया र युक्रेनमा गएका युवाबाट बढी रेमिटेन्स आउने हो कि भनेर सरकार दंग परेको हो कि ?
सरकार विदेशमा हाम्रा युवाहरू कस्तो कस्तो किसिममा जान्छन् ? के मा स्वीकृति दिने र कस्तालाई नदिने ? भन्ने विषयमा गम्भीर बन्न सकेको छैन। नियम विपरीत विदेश जानेलाई कस्तो कारबाही गर्ने त यस्ता विषयमा ध्यान दिनुपर्छ।

यो दुई देश बीचको सन्धि सम्झौतामा कुनै पनि देशको नागरिकलाई त्यहाँ लाने व्यवस्था छैन भनेर जानकारी हुँदाहुँदै त्यहाँ लगेर सुरक्षा फौजमा सहभागी गराउने देशमाथि चाहिँ केही प्रश्न उठ्दैन ?
उठ्न सक्नुपर्छ। उसको नियमले मिल्यो। त्यहाँको नागरिकता पाउने भन्दा नेपाली नागरिक भएर अरु देशको लागि लड्न पाइँदैन। कि त नेपाली नागरिकता त्याग्नुपर्यो। त्यहाँ त उ नेपाली नागरिक भएर लडिरहेको हुन्छ। त्यहाँ केही व्यक्तिलाई क्षति भयो भने देशलाई नै क्षति हुन्छ। यसको जिम्मेवार को हुने ?

रुसले नेपाली सेनाका पूर्व सेनालाई प्राथमिकतामा राखेका कुराहरू आइरहेको छ। आर्थिक लाभ हुने भयो भने नेपाली सेनाका अवकासप्राप्त जवानहरू त्यहाँ जाने सम्भावना कति देख्नु हुन्छ ?
नेपाली सेनामा छिरेपछि राष्ट्र र राष्ट्रियताप्रति इमानदार भएर देश प्रतिको मायामा हुक्र्रिएका हुन्छन्। अवकाश पाएपछि अलि वयस्क हुन्छन्। उनीहरूको आधा जीवन बाँकी हुन्छ। त्यसैले जाँदैनन् होला भन्न सकिँदैन। एउटा अवसर भयो, परिवारलाई राम्रो हुन्छ भने जालान्। त्यो विषयमा जनतालाई यो ठिक होइन भनेर राज्यले नियम बनाउनुपर्छ।

नक्कली भूटानी शरणार्थीका विषयलाई सम्बोधन कसले गर्ने हो त ?
सरकारले देखेको लक्ष्यमा लामो समयसम्मको लागि विचार गरेर जानुपर्छ। म पदमा हुँदा गर्छु भन्ने होइन। लामो समयसम्मको लागि यो समस्या समाधान गर्छु भनेर भन्न सक्नुपर्छ। हाम्रो राष्ट्रिय अस्थिरताका कारण के के हुन् त भन्दा एउटा रणनीतिक सोचाइको कमी हो। यसको दीर्घकालीन असर कस्तो पर्छ भनेर सोच्नुपपर्छ। नक्कली भुटानी शरणार्थीका विषय भनेको भ्रष्टाचारको संस्थागत हुनु पनि हो। राष्ट्रहित विपरीत हो। यसलाई रोक्नुपर्छ। यसले राष्ट्रलाई भोलि के असर गर्छ भनेर राजनीतिक दल पनि सचेत हुनुपर्छ।

रसिया र युक्रेन दुवैमा नेपाली सेनामा भर्ती भएका छन्। यसले गर्दा त नेपाली-नेपालीबीच लडाइँ हुने देखिन्छ। यसले नेपालको दुई राष्ट्रबीचको सम्बन्ध कस्तो बनाउनसक्छ ?
रसिया र युक्रेनको सेनामा नेपाली युवा भर्ती हुनु देशको लागि राम्रो होइन। नेपाली-नेपाली बाध्य भएर लड्नु पर्ने हुन्छ। यसले राजनीति नेतृत्वले विश्वास गुम्छ र राष्ट्रलाई ठुलो क्षति हुन्छ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ५९ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै