राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।

हिजोको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ४८ बजे

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा