प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले प्रधानमन्त्रीले आत्मसमर्पणवादी अभिव्यक्ति दिएका पदमा बसिरहने अधिकार गुमाएको बताउँदै राजीनामा माग गरिन् । 

प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

उनले भनिन्, ‘कहिल्यै कसैको उपनिवेश नभएको हाम्रो मुलुकमा देशकै सम्मानित पदमा रहेका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री ज्यूले आफ्नै पदको निम्ति आत्मसमर्पण गर्नुभयो। प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभएको छ। प्रधानमन्त्रीको राजीनामा नआएसम्म आजको कार्यसूची फेरि पनि अगाडि बढ्न सक्दैन।’

बारम्बार एमाले सांसदहरूलाई बस्न आग्रह गर्दा पनि उठेर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रियसभाको भूमिका न्यून हुन जाने स्मरण गराएका थिए ।

तर, अध्यक्षको आग्रहलाई वेवास्ता गर्दै एमाले सांसदहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १ : २१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी