विश्वकप छनोट खेलेर क्रिकेट टिम स्वदेश फिर्ता « Khabarhub

विश्वकप छनोट खेलेर क्रिकेट टिम स्वदेश फिर्ता


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाब्वे, वेस्ट इन्डिज र नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो ।

स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआएपनि धेरै अनुभव प्राप्त भएको बताए ।

उनले अहिलको अनुभवलाई आगामी प्रतियोगीतामा प्रयोग गर्ने उल्लेख गरे । टेष्ट राष्ट्रहरुसँग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उनले बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताए । सोचेजस्तो लक्ष्य हासिल नभएपनि आगामी प्रतियोगीतामा राम्रो तयारी गर्ने उनले बताए ।

उनले राष्ट्रिय क्रिकेट टिम थप बलियो हुदै गएको पनि बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : १८ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका