पहिरोले पुरिएर डोजर चालकको मृत्यु « Khabarhub

पहिरोले पुरिएर डोजर चालकको मृत्यु


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगुको गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ का २४ वर्षीय पवन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए ।

उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति बामधारा भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र