जनताका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा | Khabarhub Khabarhub

जनताका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए ।

उनले मनसुनको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपदमा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेकोमा जोड दिए ।

मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै डेङ्गुका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको बताए ।

उनले प्रदेशमा लम्पी स्किनबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपाया प्रभावित भएकाले भ्याक्सिनले मद्दत गर्ने भन्दै प्रदेशमा राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व हुनुपर्ने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव सुरेश राउतले विपद् व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको चर्चा गरे ।

सो अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान मुख्यमन्त्री थापाले हस्तान्तरण गरे । दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनि हुनसक्ने आगलागीलाई नियन्त्रण एवं रोकथामका लागि मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने प्रमुख मादेनले जानकारी दिए । फुङ्लिङमा यो समेत गरेर अहिले दुई दमकल रहेका र पहिलो दमकल भारतीय दूतावासबाट सहयोगस्वरुप प्राप्त भएको प्रमुख मादेनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ३४ बजे

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक

मुग्लिन-मलेखु सडक विस्तार सुस्त गतिमा

चितवन– मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको

राजनीतिक स्थायित्वका लागि एमालेसँग सहमति : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर गरेर राजनीतिक स्थायित्व

राजीनामा नदिने कुरा सुनाउन प्रधानमन्त्री शीतल निवास पुगे

काठमाडौं– माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल

ईभी चार्जिङ स्टेशन कति सुरक्षित र पहुँचयोग्य ?

काठमाडौं– पछिल्लो समय देशभर विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहीकल-ईभी) प्रयोग