सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता « Khabarhub

सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद/काबुल- पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा कायम असुरक्षा र कानूनविहीनताको कारण दुई मुलुकबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार डुरेन्ड लाइन भनिने दुई मुलुकबीचको सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता आएको हो ।

सीमामा एकतर्फी रुपमा छेकबार लगाइएको अफगान पक्षको आरोप छ । विगत केही महिनायता दुई मुलुकका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा झडप र गोली हानाहानका घटना आउने गरेका छन् । यसबाट सीमा क्षेत्रमा बसोबास गर्ने जानजाती समुदायहरुले असुरक्षाको महसुस गर्न थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सीमामा जारी असुरक्षा र तनावका विषयमा अफगानिस्तानले पाकिस्तानसमक्ष बारम्बार विरोध र असन्तुष्टी व्यक्त गर्दै आएको खामा प्रेसले उल्लेख गरेको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै पाकिस्तानमा सक्रिय तालिबानले आतंककारी आक्रमणलाई तिव्र बनाएसँगै पाकिस्तान पनि अफगानिस्तानसँग क्रुद्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ४७ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै