सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता « Khabarhub

सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद/काबुल- पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा कायम असुरक्षा र कानूनविहीनताको कारण दुई मुलुकबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार डुरेन्ड लाइन भनिने दुई मुलुकबीचको सीमालाई लिएर अफगान–पाक सम्बन्धमा तिक्तता आएको हो ।

सीमामा एकतर्फी रुपमा छेकबार लगाइएको अफगान पक्षको आरोप छ । विगत केही महिनायता दुई मुलुकका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा झडप र गोली हानाहानका घटना आउने गरेका छन् । यसबाट सीमा क्षेत्रमा बसोबास गर्ने जानजाती समुदायहरुले असुरक्षाको महसुस गर्न थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सीमामा जारी असुरक्षा र तनावका विषयमा अफगानिस्तानले पाकिस्तानसमक्ष बारम्बार विरोध र असन्तुष्टी व्यक्त गर्दै आएको खामा प्रेसले उल्लेख गरेको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै पाकिस्तानमा सक्रिय तालिबानले आतंककारी आक्रमणलाई तिव्र बनाएसँगै पाकिस्तान पनि अफगानिस्तानसँग क्रुद्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ४७ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक