‘क्यान्सरका बिरामी’ले पालो कुर्न नपर्ने  « Khabarhub

‘क्यान्सरका बिरामी’ले पालो कुर्न नपर्ने 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताए ।

रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने गरेका छन् । पौडेलले भने, ‘अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु ।’ अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने उनको भनाइ छ ।

अस्पतालमा सिटी, एमआरआई लगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाइने बताए । कार्यकारी निर्देशक पौडेलले भने, ‘आएकै दिन सिटिस्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।’

बिरामी अस्पतालमा छिर्दै गर्दा प्रवेशद्वारबाट नै सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचना पार्टी, बिरामीका गुनासा सुन्न छ सुझाव पेटिकाको व्यवस्था गरिसकेको उनले बताए । 

उनले भने, ‘सुझाव पेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौँ ।’

विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदै गर्दा विधिवत रुपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै कार्यकारी निर्देशक पौडेलले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १० : ५० बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ