पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा « Khabarhub

पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रामपुर– नेपाल अङ्गे्रजबीच विसं १८७२ मा भएको युद्धमा नेपालले अङ्ग्रेजलाई हराएको खुसियालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा निकालिँदैछ ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररूपमा विजयोत्सव मनाइँदै आइएको छ । 

आज पाल्पाको तानसेनमा गोरखालीले वीरताको प्रतीकका रुपमा सिन्दुर जात्रा गरी बजारमा जयजयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिने तयारी भइरहेको छ । दिउँसोको समयमा वैदिक परम्पराअनुसार रथसहितको जात्रा निकाल्ने तयारी भइरहेको रणउजिरेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताएका छन् । उनका अनुसार भगवतीटोलमा रहेको श्री ७ रणउजिरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रासहित निकालिएको रथयात्रा तानसेन बजार परिक्रमा गरिनेछ ।

भगवतीको रथको दुवैतिर तेस्र्याइएका दुई बलिया नोललाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनि र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरी जात्रा मनाउने पौराणिक चलन छ ।

भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति नेपाली सेनाले सलामी दिँदै रथ पूजा, भजनकृतन गर्ने चलन छ । घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाइ सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेको इतिहास छ ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि १८७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ ।

अङ्ग्रेजलाई युद्धमा हराएको विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ । यहाँको पुरानो र प्रख्यात रहेको जात्रा हेर्नका लागि पाल्पासहित गुल्मी, बुटवल, काठमाडौँलगायतको विभिन्न जिल्लाबाट दर्शक आउने गर्दछन् ।

इतिहाससँग जोडिएको हुँदा पनि यस जात्रालाई दर्शकले विशेष महत्वका रुपमा लिने गर्दछन् । भगवती जात्रा मनाउन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी जात्रामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ०९ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट