महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना « Khabarhub

महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्  ।

 प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, ‘आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उनले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा  अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधै अस्वीकार गरेर प्रतिकारस्वरूप आक्रमण गरेको कुरा प्रस्ट छ ।’

उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो सङ्घर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उनले जोडदार माग गरे । 

पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । डेङ्गु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ५८ बजे

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा