सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई सदनबाट पारित गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई सदनबाट पारित गर्नुपर्छ : शेखर कोइराला


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई लागू हुने गरि सदनबाट पारित गर्नुपर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई अन्तिम रूप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन् । 

कानून बनाउँदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानवअधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अधि बढाउनुपर्नेमा उनले जोड दिए ।

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून बढाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ३४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि