‘रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील’ « Khabarhub

‘रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालको संविधानमा रहेको रोजगारीको हकको कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको स्पष्ट पारेका हुन् । उनले सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएको जानकारी दिँदै मुलुकमा आर्थिक गतिविधि सहज भएको स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने बताए ।

मन्त्री भण्डारीलाई पूरक प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले रोजगारी सिर्जना हुने केही सरकारी निकायका सार्वजनिक संस्थालाई बेचिएकाले बेरोजगारी बढेको होइन र भन्ने जिज्ञासा राखे। जवाफमा मन्त्री भण्डारीले सात सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट गरे।

उनले सातै प्रदेशमा रहेका तालिम केन्द्रलाई प्रतिष्ठानका रूपमा स्थापित गरी युवाहरूलाई सीप विकास गरिने जनाए । उनले व्यवसायीले वैदेशिक रोजगारीका क्षेत्रमा गर्ने ठगीलाई नियन्त्रण र नियमन गर्न सरकारले उचित ध्यान दिइरहेको स्पष्ट गरे ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ४३ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा