अमिताभ र कंगनाले भने- ‘हामी इण्डियन होइन, भारतीय हौं’ « Khabarhub

अमिताभ र कंगनाले भने- ‘हामी इण्डियन होइन, भारतीय हौं’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट बदलेर भारत मात्रै हुने भविष्यवाणी गरेको बताइन् ।

कंगनाले एक्समा पुरानो अन्तर्वार्ताको स्क्रिनसट सेयर गरेकी छिन्, जसमा उनले दुई वर्षअघि देशको नाम परिवर्तन गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘इण्डिया नाम हामीलाई अंग्रेजले दिएका थिए, त्यसैले देशको नाम भारत हुनुपर्छ ।’ आफ्नो पुरानो ट्विट सेयर गर्दै कंगनाले सबैलाई बधाई दिएकी छिन् । उनले लेखेकी छन्, ‘सबैलाई बधाई, हामी सबै दासताबाट मुक्त भयौं । जय भारत ।’

कंगनाले अगाडि भनिन्, ‘भारत नामको सटिक छ । तर इण्डियाको अर्थ के हो ? तिनीहरू (अंग्रेज)ले हामीलाई रेड इण्डियन भन्थे, किनभने पुरानो अंग्रेजीमा इण्डियन अर्थ दासता हो । उनीहरूले हामीलाई इण्डिया नामाकरण गरे किनभने त्यो हाम्रो नयाँ पहिचान थियो, जुन ब्रिटिशले हामीलाई दिएका थिए । पुरानो डिक्सनरीमा पनि इण्डियाको अर्थ दास भनिन्थ्यो तर अहिले यसलाई परिवर्तन गरिएको छ । यो हाम्रो नाम होइन, हामी भारतीय हौं, इण्डियन होइन ।’

कंगनाले यो ट्विट यस्तो समयमा गरेकी छिन्, जब देशको नाम इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको तयारीबारे अड्कलबाजी चलिरहेको छ । सेप्टेम्बर ९ र १० मा दिल्लीमा जी–२० को बैठक हुँदैछ । यस बैठकको रात्रिभोजमा सहभागी हुने सदस्यलाई राष्ट्रपति भवनबाट निमन्त्रणा कार्ड पठाइएको छ । राष्ट्रपतिले पठाएको निमन्त्रणा कार्डमा ‘प्रेसिडेन्ट अफ इण्डिया’को सट्टा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ ।

कंगनाभन्दा पहिले अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा लेखेका छन्, भारत माता की जय ।’ बिग बीको यो ट्वीटलाई देशको नाम इण्डियाबाट भारतमा परिवर्तन गर्न मौन समर्थनको रूपमा वर्णन गरिएको छ । पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले पनि इण्डियाबाट भारत एकीकरणको पक्षमा समर्थन जनाएका छन् ।

इण्डिया भर्सेस भारतको बहस अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । कतिपय मानिस देशको आधिकारिक नामबाट इण्डिया हटाउने पक्षमा छन् भने कतिपयले विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी)सहितका दल देशको नाम भारत राख्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षी कांग्रेस आई लगायतका दल भने विपक्षमा उभिएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन