स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता « Khabarhub

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।

कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा छन् । भेटका अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको चर्चा गर्दै जारी सम्मेलनले सहभागी मुलुकहरूबीच अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि उपयुक्त अवसर प्रदान गरेको उल्लेख गरे ।

इजिप्ट सरकारले चिकित्सा विज्ञानलगायत विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकामा आभार प्रकट गर्दै उहाँले आगामी दिनमा दुई देशबीच कायम रहिआएको आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

इजिप्टका मन्त्री डा गफारले नेपाल र इजिप्टबीच मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध कायम रहिआएको बताउँदै सम्मेलनमा मन्त्री बस्नतेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका लागि धन्यवाद ज्ञापन गरेको दूतावासले जनाएको छ ।

उनले दुवै देशबीच स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न क्षेत्रमा सहयोग विस्तारको सम्भावना रहेको बताए । भेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल सहभागी थिए ।

यसैबीच, मन्त्री बस्नेत बुधबार नेपाली राजदूतावासद्वारा आयोजित कायरोमा रहेका नेपालीसँगको अन्तरक्रियामा सहभागी भए । उक्त अवसरमा उनले नेपाल तथा इजिप्टबीच चिकित्सा तथा कृषि जस्ता क्षेत्रमा सहयोग अभिवृद्धिको प्रशस्त सम्भावना औँल्याए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १० : १६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक