बलात्कार आरोपमा ३ जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा ३ जना पक्राउ


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट तीनजना पक्राउ परेका छन् ।बर्दियाको ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका- ९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई बारबर्दिया नगरपालिका– ४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रूपन्देहीको १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भोजपुरको १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १० : ३३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक