विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा
प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु गरेका हुन् । ऐतिहासिक रुपमा विभिन्न धार्मिक एवम् राजनीतिक द्वन्द्वको चपेटामा पर्दै आएको सो क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरुले क्षेप्यास्त्रसँगै स्थल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार सबेरै प्यालेस्टाइनी लडाकुले इजरायलतर्फ रकेट आक्रमण गरेका थिए । रकेट आक्रमणसँगै उनीहरुले स्थल कारवाही थालेका थिए । हाल प्यालेस्टाइनी लडाकुले स्देरोत, कफ्र अजा, ओफाकिम, नहल ओजजस्ता केही सीमावर्ती सहरमा प्रवेश गरी गोली चलाइरहेको जनाइएको छ । हालसम्म कति लडाकु इजरायली भूमिमा प्रवेश गरेका छन् भन्ने स्पष्ट भइसकेको छैन । इजरायली प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दक्षिणी इजरायलका २१ स्थानमा दोहोरो गोली हानाहानका घटना भएका छन् ।

पछिल्लो आक्रमण दुई दशकअघिको दोस्रो प्यालेस्टाइनी विद्रोह इन्तेफादायताकै सबैभन्दा भीषण हो । हालसम्म हताहतीको यकिन विवरण सार्वजनिक नभएपनि २२ जना इजरायलीको मृत्यु भएको र अरु ५४५ जना घाइते भएको त्यहाँको एम्बुलेन्स सेवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समचार संस्था रोयटर्सले जनाएको छ । यद्यपि मृतकको सङ्ख्या अझै धेरै रहेको बताइएको छ ।

हामासजस्तै गाजा पट्टीमा सक्रिय लडाकु समूह अर्को लडाकु समूह प्यालेस्टाइनी इस्लामिक जिहादले पनि आफूहरु यस आक्रमणमा सहभागी रहेको जनाएको छ । यस समूहले केही इजरायली नागरिक एवम् सैनिकलाई बन्धक बनाएको भिडियोसमेत सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इजरायलमाथि आक्रमण भएसँगै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक हाल युद्धको अवस्थामा रहेको घोषणा गरेका छन् । इरानसमर्थित लडाकुले आफ्नो मुलुकमाथि आक्रमण गरेको भन्दै उनले यसको बदला लिइछाड्ने दृढता व्यक्त गरेका छन् । आक्रमणको बदलामा इजरायली रक्षा फौजले गाजा क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ ।

भारतले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ९इसरो० ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान स् इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१(टिभी–डि वान) तयारी भइरहेको छ जसले क्रु इस्केप सिस्टमको प्रदर्शन गर्दछ ।”

इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।

गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल ९टिभी–डि वान० को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।

मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु
मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् ।

दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिनुभयो । दुर्घटनामा घाइते २७ जनालाई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्‍याइएको छ ।

अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका– कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो । क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो । भेनेजुयला र हाइटीबाट अधिकांश आप्रवासीहरू असुरक्षा र आर्थिक सङ्कटका कारण उत्तरतर्फ यात्रा गर्ने गरेको सिएनएनले जनाएको छ ।

अमेरिका र मेक्सिकोका अधिकारीहरूले आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । वासिङ्गटनले मेक्सिको सिटीलाई मेक्सिको क्षेत्र पार गर्ने आप्रवासीका बारेमा थप जिम्मेवार बन्न दबाब दिइरहेको छ ।

खाद्यान्न अभाव र सीमित स्वास्थ्य सेवाका कारण भेनेजुयलाबाट मात्र ७७ लाखभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ । यो विस्थापनको सङ्ख्याले युद्धको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएको जनसङ्ख्यालाई समेत पछाडि पारेको छ ।

गाजाबाट लडाकू प्रवेश गरेपछि भएको युद्धमा २२ जनाको मृत्यु भएको इजरायलको दाबी

प्यालेस्टाइनी लडाकूहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको शनिबार इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायली चिकित्सकहरूले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिँदैसैन्य भण्डारलाई व्यापक रूपमा परिचालन गर्न आदेश दिनुभएको छ ।

उनले भने, “यो आक्रमणको लागि शत्रुले अनपेक्षित मूल्य चुकाउनु पर्नेछ ।” गाजा पट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ जसमा उसका लडाकुहरूले सादा पोशाकमा सजिएका तीन जनालाई समातेको र भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’ को रूपमा वर्णन गरिएको छ ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले भनेको छ, “हामीले इजरायलद्वारा कब्जा गरिएका सबै अपराधहरू अन्त्य गर्ने निर्णय ग¥यौँ । जवाफदेही नबनाई विद्रोह गर्ने उनीहरूको समय सकिएको छ ।”

“हामीले ‘अपरेशन अल अक्सा फ्लड’को घोषणा गर्यौँ र हामीले २० मिनेटको पहिलो आक्रमणमा पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौं ।” इजरायली सेनाले प्यालेस्टिनी लडाकूसँग गाजापट्टी नजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्ष कारबाहीलाई ‘फलामको तरवार’ नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकूहरूले प्याराग्लाइडर, समुन्द्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।

इजरायलीहरू समातिएका छन् भन्ने खबरहरूप्रति उहाँले खासै चासो व्यक्त गर्नुभएन । सामाजिक सञ्जालमा आएका अपुष्ट भिडियोमा सेनाको पोसाक लगाएका कैयौँ व्यक्तिको शव, राजमार्गमा मरेका सवारी चालक र यात्रुको शव देखिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार दुई वर्षको बच्चालाई आश्रय दिइरहनुभएको छ । एक महिलाले आफ्नो घरमा आतङ्ककारीहरूले गोली हानेर उनीहरूको सुरक्षित कोठाभित्र पस्न खोजेपछि ‘कृपया सहयोग पठाउनुहोस् १’ भनी बिन्ती गरेकी थिइन् ।

सन् २००७ मा हमासले कब्जा जमाएपछि २३ लाख मानिसको बसोबास रहेको गाजामा आतङ्ककारीको घुसपैठ विरलै भएको छ । गाजालाई इजरायलबाट सैन्यीकृत सीमा अवरोधद्वारा बन्द गरिएको छ ।

गाजाबाट करिब दुई हजार २०० को सङ्ख्यामा रहेको गाजाबाट आएको रकेट ब्यारेजले गाजाबाट करिब १० किलोमिटर उत्तरमा रहेको इजरायली शहर अश्केलोनमा रहेका आवासीय भवनमुनि कारहरू जलिरहेको हेक्टले बताए ।

पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान छ दशमलव तीन ६।३ म्याग्निच्युडको भूकम्प गएको युएसजीएसले जनाएको छ । त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई म्याग्निच्युडका तीनवटा पराकम्प गएका थिए ।

युएसजीएसले यसअघि छ दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो । अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो ।

हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५९ बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद