पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा आक्रमणकारीहरू प्रवेश गरी हमला गरेका थिए । करिब दुई लाख २० हजार जनसङ्ख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो । त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू रहेका छन् ।

प्रहरीका अनुसार केही आक्रमणकारी अझै पनि प्रहरी परिसरको विशेष शाखा क्षेत्रमा लुकेर बसेका छन् । उनीहरूसँग सुरक्षाकर्मीको गोली हानाहान रातिदेखि नै जारी रहेको बताइएको छ । आक्रमणकारीको यकिन संख्या भने खुल्न सकेको छैन ।

पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ। तर अफगानिस्तानको तालिवान सरकारले आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ । पाकिस्तानले अफगानिस्तानको भूमिमा रहेका लडाकुहरूलाई लक्षित गरेको दाबी गर्दै हवाई हमला समेत गर्दै आएको छ । गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई हमलामा दर्जनौँ सर्वसाधारण मारिएको तालिवान सरकार र संयुक्त राष्ट्रसङ्घले बताएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : ३७ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान