पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सम्पन्न | Khabarhub Khabarhub

पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सम्पन्न


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार र राइडर्ससहितको पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र एनटीपी मल्टिमिडिया ग्रुपको मुख्य आयोजना तथा संयोजनमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर, जितगढी, पाल्पाको रानीमहल, पोखरा र बेगनासतालको ‘एक्सप्लोर’ गर्दै पहिलो गोल्डेन ट्रयाङ्गल बाइक टूर भव्यताका साथ सम्पन्न भएको हो ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले यसपटक अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर असोज १० गतेदेखि १६ गतेसम्म गोल्डेन ट्रयाङ्गल बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको हो ।

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रममार्फत पहिलोपटक काठमाडौँबाट मकवानपुरगढी हुँदै पर्सा पुगेर ‘भर्जिन पर्सा राष्ट्रिय निकुञ्ज’को एक्सप्लोर गर्दै सौराहा, चितवन, भरतपुर, लूम्बिनी, बुटवल, जिगढी, पाल्पा, रानीमहल, सिद्धगुफा, पोखरा लेकसाइड र लेखनाथको बेगनासतालको पर्यटन प्रवद्र्धन गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा गोल्डेन ट्रयाङ्गल बाइक टूरका संस्थापक संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर पहिलोपटक १०० जना राइडर्ससहित पत्रकार, कलाकार मिलेर मकवानपुरगढी, पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर, जितगढी, रानीमहल, सिद्धगुफा, पोखरा लेकसाइड र बेगनासतालको एक्सप्लोर गरेका छौँ’ गोल्डेन ट्रयाङ्गल बाइक टूरका संयोजक विष्णु विवेकले भ्रमणपछि भने, ‘पर्सा राष्ट्रिय निकुञ्ज घुम्नका लागि नेपालको महत्वपूर्ण गन्तव्य हो । जुन भर्जिन छ । बाघ, हात्तीदेखि गौरीगाईं लगायतका जनावर सजिलै देख्न सकिन्छ । भरतपुरको भिजिट भरतपुर कार्यक्रमले चितवनमा अझै पर्यटक आकर्षित गर्नेछ । पाल्पा रानीमहल जाने पर्यटक बढिरहेका छन् भने पोखराको लेकसाइड र बेगनासतालको पनि भव्यका साथ एक्सप्लोर गरेका छौँ ।’

जेठ १० गते बिहान नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बोर्डका सीईओ डा।धनन्जय रेग्मीले उद्घाटन गरेको बाइक टूर कार्यक्रमले मकवानपुरगढी हुँदै बारास्थित पर्सा राष्ट्रिय निकुञ्जको ‘एक्सप्लोर’ गरेको थियो ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माको विशेष अगुवाई, नेतृत्व र आयोजनामा भएको पर्सा राष्ट्रिय निकुञ्ज एक्सप्लोर कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत र नेपाल आर्मीको पर्सामा रहेको गणले विशेष स्वागत तथा निकुञ्जको भ्रमण गराएको थियो ।

भोलिपल्ट हेटौंडामा शहिद स्मारक भ्रमण गर्दै सौराहामा होटल व्यवसायीको स्वागत ग्रहण गर्दै बाइक टूर टिम चितवनको भरतपुर पुगेको थियो । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बाइक टूर टिमलाई स्वागत गर्दै ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमलाई प्रत्यक्ष सघाउन भरतपुर पुगेकामा बाइक टूर टिमका सबै राइडर्सलाई धन्यवाद दिएकी थिइन् ।

भरतपुरका विभिन्न ठाउँ बाइकमै भ्रमण गरेको टोलीले नारायणी नदी किनारामा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै गोल्डेन ट्रयाङ्गल बाइक टूर टिम मध्यबिन्दु हुँदै भैरहवा पुगेको थियो ।

भैरहवाको लूम्बिनी गेटमा नाट्टा लुम्बिनी च्याप्टरले गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई भव्य स्वागत गरेको थियो । नाट्टा लुम्बिनी च्याप्टरका अध्यक्ष रचना पन्तको नेतृत्वमा टिमलाई स्वागत गर्दै लूम्बिनीका साथै ऐतिहासिक जितगढीको विशेष ‘एक्सप्लोर’ गरिएको थियो ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष पन्त र होटल तथा रेष्टुरेन्ट एशोसिएसन बुटवलका अध्यक्ष लेखनाथ भण्डारीको नेतृत्वमा गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई स्वागत तथा व्यवस्थापन गरेका थिए । बुटवलको व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले समेत सहयोग गरेको थियो ।

ऐतिहासिक जितगढीमा अंग्रेजलाई हराएर नेपाली सीमा जोगाएको विशेष विरताप्रदर्शनस्थलमा बाइक टूर टिमलाई स्वागत गरेर जितगढीको प्रवद्र्धन गर्न पाएकोमा नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष पन्तले खुशी व्यक्त गरिन् ।

बुटवलपछि पाल्पा पुगेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीवकुमार शाह नेतृत्वको टिमले स्वागत गरेको थियो । बाइक टूर टिमलाई नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष शाहले पाल्पा दरबारका साथै रानीमहल भ्रमण गराएका थिए ।

पर्सा, भरतपुर र बुटवलमा होटलमा बसेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमका राइडर्स रानीमहलमा भने कालीगण्डकी नदी किनारामा टेन्ट टाँगेर सुतेका थिए ।

रानीमहल एक्सप्लोर गर्न पाल्पा पुगेको बाइक टूर टिमले स्थानीय सिद्धगुफा पनि भ्रमण गरेको थियो । जुन आकर्षक र साहसिक पर्यटनको लागि नयाँ गन्तव्य हो ।

‘रानीमहलमा तपाईहरुलाई स्वागत गर्न पाउँदा असाध्यै खुशी छु । रानीमहल र सिद्धगुफा भ्रमण गरेर एक्सप्लोर गर्न आउनु भएकोमा पनि धन्यवाद दिन चाहन्छु’ नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीव साहले भने, ‘आगामी दिनमा पाल्पा, रानीमहल र सिद्धगुफा आउने पर्यटकलाई ठूलो सहयोग पुग्नेछ ।’

पाल्पापछि बाइक राइडर्सको टिम पाँचौ दिन पोखरा पुगेको थियो । पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल ९टेवान०ले भव्य स्वागत गरेको थियो ।

टेवानकी अध्यक्ष कमला गिरीको नेतृत्वमा टेवानका पदाधिकारी तथा सदस्य सबैले हातमा फूल र माला लिएर काठमाडौँबाट पर्सा, चितवन, लूम्बिनी, बुटवल, जितगढी, पाल्पा, रानीमहल हुँदै असोज १४ गते पोखरा पुगेको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई लेकसाइडस्थित होटल स्नोल्याण्डमा भव्य स्वागत गरेको थियो ।

टेवानका अध्यक्ष, पदाधिकारी तथा सदस्यका साथै पोखराका पर्यटन व्यवसायीको स्वागतपछि खुशी भएको गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले टेवानको टिमलाई बाइक पछाडि राखेर पोखराको लेकसाइड बजार परिक्रमा गरेको थियो ।

असोज १५ गते बिहान पोखरामा अन्तरक्रिया गर्दै बाइक टूर टोली पोखरा महानगरपालिका वडा नं। ३१ स्थित लेखनाथको बेगनासताल पुगेको थियो ।

टेवानकी अध्यक्ष कमला गिरीको विशेष समन्वय तथा सहकार्यमा पोखरा महानगरपालिका वडा नं। ३१ र होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथले गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमलाई भव्य स्वागत गरेको थियो ।

‘पोखरा, लेकसाइड र बेगनासतालको एकसाथ प्रवद्र्धन गर्न पोखरा आइपुगेको टिमलाई स्वागत गर्न पाउँदा खुशी छ । पोखराको पर्यटन प्रवद्र्धन र विकास गर्न गोल्डेन ट्रयाङ्गल बाइक टूरले ठूलो सहयोग तथा भूमिका खेल्ने विश्वास छ,’ स्वागतपछि टेवानकी अध्यक्ष कमला गिरीले भनिन् ।

बेगनासतालको पनि विशेष ‘एक्सप्लोर’ गरेर गोल्डेन ट्रयाङ्गल बाइक टूर टिम असोज १६ गते तनहुँ, लमजुङ, धादिङ हुँदै काठमाडौँ फर्किएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर आयोजित पहिलो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ बोर्डका सीइओ डा।धनन्जय रेग्मीले गोल्डेन ट्रयाङ्गल बाइक टूर र नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको झण्डा हस्तान्तरण गरेर टूरको उद्घाटन गरेका थिए ।

टूरको उद्घाटन गर्दै बोर्डका सीइओ डा।रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ संस्कृति बढ्दै गएको भन्दै गोल्डेन ट्रयाङ्गल बाइक टूरले काठमाडौँसहित पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, भरतपुर, लुम्बिनी, पाल्पा, रानीमहल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए ।

टूर टिमलाई शुभकामना व्यक्त गर्दै उनले नेपालका हरेक गन्तव्य एक्सप्लोर गर्न बाइक टूरिङ कल्चरले महत्वपूर्ण भूमिका खेलेको भन्दै अब बोर्डले पनि बाइक टूर कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने बताए ।
विभिन्न देशका बाइक राइडर्स भेला गरेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने बोर्डको योजना रहेको भन्दै उनले गोल्डेन ट्रयाङ्गल बाइक टूर पहिलो महत्वपूर्ण कार्यक्रम आयोजना भएकोमा पनि उनले खुशी व्यक्त गरे ।

‘नेपालमा बाइक टूरिङ कल्चर बढेको छ । यसलाई थप प्रोत्साहित गरेर नेपालका लुकेका गन्तव्य एक्सप्लोर गर्न पनि बाइक टूरिङ कार्यक्रमलाई साथ दिन बोर्ड सँधै सकारात्मक छ’ उद्घाटन कार्यक्रममा उनले भने, ‘नेपालको गोल्डेन ट्रयाङ्गलमा रहेका पर्यटकीय क्षेत्रको पवद्र्धनमा हिँडेको बाइक टिमलाई बोर्ड र पर्यटन व्यवसायी सघं संस्थाको साथ सहयोग छ ।’

यस्तै नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले बाइक टूरिङ कल्चरले नेपालको पर्यटन प्रवद्र्धनमा धेरै महत्वपूर्ण भूमिका खेलेकाले गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम अर्को महत्वपूर्ण कोशेढुंगा भएको बताए ।

ताप्लेजुङ–दार्चुला बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले नै एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम आयोजना गरेकाले सफलतापूर्वक सम्पन्न हुने
एक्सपल्स राइडर्स क्लब, नेपालका अध्यक्ष कुन्दन श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङ अग्रस्थानमा आइरहेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको एक्सप्लोर गर्न पाउनु अहोभाग्य भएको बताए ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहनप्रसाद शर्माले अहिलेसम्म भर्जिन निकुञ्जका रुपमा चिनिएको पर्सा राष्ट्रिय निकुञ्ज गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले भिजिट गरेर एक्सप्लोर गर्दै थप पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अन्तर्राष्ट्रिय पर्यटन दिवसमा पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न राइडर्सको टोलीले आउनुले ठूलो सहयोग पुगेको भन्दै आगामी दिनमा यस किसीमका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडियाको सह–आयोजना रहेको कार्यक्रमलाई नेपाल आयल निगम, जितपुर सिमरा उपमहानगरपालिका, भरतपुर महानगरपालिका, नाट्टा लुम्बिनी प्रदेश, नाट्टा पाल्पा च्याप्टर, महिला पर्यटन व्यवसायी संघ, नेपाल ९टेवान०ले पनि प्रत्यक्ष सहयोग गरेका थिए ।

एक्सपल्स राइडर्स क्लबका उपाध्यक्ष हरि आचार्यको ९मार्सल क्याप्टेन० नेतृत्वमा पर्यटन बोर्डबाट बाइक चलाएर हिडेको टूर टिम ६ दिनको भ्रमणपछि सकुशल रुपमा काठमाडौँ फर्किएको हो । टूरमा कलाकार सनम कठायत, कुसुम शर्मा र डेभिड शंकरसहित केही पत्रकार पनि रहेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ३४ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते