रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति « Khabarhub

रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो ।

आव २०७६/७७ मा १० जना, २०७७/७८ मा पनि १० जना, २०७८/७९ मा २० जना र गत आवमा १२ जना गरी ५४ जनाले छात्रवृत्ति पाएका हुन् । आव २०७५/७६ मा प्रदेश निर्देशनालयले छात्रवृत्ति वितरण गरेको र जिल्लामा त्यसको तथ्याङ्क नभएकाले कति जनाले छात्रवृत्ति पाएभन्ने यकिन जानकारी नभएको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आर्चायले बताए । उनका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आवमा रु ५० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

तीनवर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारीलाई मात्र एक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिए । आव २०७६/७७ र २०७७/७८ मा रु एक लाख र २०७८/७९ मा रु ५० हजारमात्रै छात्रवृत्ति प्रदान गरिएको हो । यो वर्ष पनि २० जनाका लागि रकम माग गरिएको छ । यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी–बुहारीलाई सहयोग पुगेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ४६ बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी