एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाको विजयी सुरुवात « Khabarhub

एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाको विजयी सुरुवात


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई १ सय २ रनले हराउँदै दक्षिण अफ्रिकाले विश्वकपमा सानदार सुरुवात गरेको हो ।

जितका लागि ४ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले ४४.५ अलआउट हुँदै ३ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ अशलांकाले ७९ रनको योगदान दिए भने कुशल मेन्डिसले ७६ रन बनाए । कप्तान दासुन शानाकाले पनि ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ तथा केशव महाराज, कागिसो रबाडा र मार्को जानसेनले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । उसका तीन खेलाडीले शतक बनाएका थिए ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए ।

त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ११ : ०३ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका