जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएकी छन् ।

विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको ज्यान गएको र ठूलो भौतिक क्षति भएको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

शोक सन्देशमा उनले जापान सरकार सदैव नेपाल सरकार र जनताका साथ रहेको र नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तत्पर रहेको बताएकी छन् । 

विदेशमन्त्री कामिकावाले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनःनिर्माणको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : ३४ बजे

जापानमा अमेरिकी सैन्य विमान दुर्घटना, १ जनाको मृत्यु

टोकियो- पश्चिमी जापानमा एउटा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा कम्तीमा

विवाह समारोहमा नचिनेका मान्छेले कुटेपछि कैलालीमा एक जनाको मृत्यु

कैलाली- कैलालीमा एक विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट एक जनाको

नेताले पीडितसँग फोटो खिच्ने होइन, सुविधा दिने हो

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्प प्रभावित अहिले चिसोमा

सुरुङबाट उद्धार गरिएका भारतीय कामदार भन्छन्- बाँच्छौ बाँच्दैनौँ हामीलाई थाहा थिएन

नयाँ दिल्ली- आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म

धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस  

काठमाडौं – नेपाली कांग्रेसले आफू संविधान कार्यान्वयन गर्ने विषयमा प्रतिबद्ध