भूकम्पपीडितलाई सञ्चार मन्त्रालयको सहयोग « Khabarhub

भूकम्पपीडितलाई सञ्चार मन्त्रालयको सहयोग


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

राजपत्राङ्कित विशिष्टरप्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्नेछन् ।

यही कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्त सम्पूर्ण निकायले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवं थप योगदान गर्न सक्षमता एवं इच्छा भएमा आर्थिक, भौतिकलगायत अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले प्रभावित क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सोको अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : ५८ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक