‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’ | Khabarhub Khabarhub

‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ‘विधिको शासन, पारदर्शीता र सहभागिता : फिन्डल्याण्डको प्ररिप्रेक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको होटल एल्लो प्यागोडामा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विधिको शासन सर्वकालीन र संसारभरी चाहिने विषय रहेको बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मानव जातिले सभ्यताका बाटो अपनाउँदै गर्दा व्यक्तिले नभई कानूनले शासन गर्नुपर्ने उल्लेख गरे ।

कार्ययक्रमा नेपाल कानून समाजका कारयकारी निर्देशक कृष्णमान प्रधानले व्यवस्थापिकाले गुणस्तरीय नियम वा कानून बनाउन नसके कार्यपालिकाले कानूनको दुरुपयोग गर्नसक्ने जोखिम रहेको औँल्याए । उनले व्यवस्थापिकाले असल कानून बनाउन नसक्दा कार्यपालिकाले विधिको शासन (रुल अफ ल) नभई विधिको दुरुपयोग गरी शासन गर्ने (रुल बाई ल) गर्नसक्ने उल्लेख गरे । उनले यस्तो भएको खण्डमा न्यायपालिका अफ्ठेरोमा पर्ने बताए ।

कार्ययक्रमा नेपाल सरकारका पुर्व मुख्य सचिव तथा नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै उपस्थित सबैलाई स्वागत गरे ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रेक्का हेक्काले विधिको शासनबारे फिनल्याण्डको अनुभव सुनाइन् । उनले मानव अधिकार, भ्रष्टाचार निवारण, अभिव्यक्ति स्वतन्त्रताजस्ता विषय फिनल्याण्डमा विधिको शासनका विशेषता रहेको बताइन् । विधिको शासन भएका मुलुकमा कानून नै सर्वोपरी हुने भन्दै उनले त्यस्ता मुलुकमा कुनै पनि किसिमको पक्षपात नहुने र सबैले समान रुपमा सार्वजनिक सेवा प्राप्त गर्ने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा संविधानविद्, वर्तमान एवम् पूर्वन्यायाधीशहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १८ बजे

सडक स्तरोन्नति नहुँदा समस्या

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी,

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ :  माधव नेपाल

कास्की– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

तिल्केनीचौर (म्याग्दी)- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत्

अमेरिकी भिटोपछि इरानले दियो ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ को चेतावनी

तेहरान- अमेरिकाले गाजामा जारी युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा