‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’ « Khabarhub

‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ‘विधिको शासन, पारदर्शीता र सहभागिता : फिन्डल्याण्डको प्ररिप्रेक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको होटल एल्लो प्यागोडामा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विधिको शासन सर्वकालीन र संसारभरी चाहिने विषय रहेको बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मानव जातिले सभ्यताका बाटो अपनाउँदै गर्दा व्यक्तिले नभई कानूनले शासन गर्नुपर्ने उल्लेख गरे ।

कार्ययक्रमा नेपाल कानून समाजका कारयकारी निर्देशक कृष्णमान प्रधानले व्यवस्थापिकाले गुणस्तरीय नियम वा कानून बनाउन नसके कार्यपालिकाले कानूनको दुरुपयोग गर्नसक्ने जोखिम रहेको औँल्याए । उनले व्यवस्थापिकाले असल कानून बनाउन नसक्दा कार्यपालिकाले विधिको शासन (रुल अफ ल) नभई विधिको दुरुपयोग गरी शासन गर्ने (रुल बाई ल) गर्नसक्ने उल्लेख गरे । उनले यस्तो भएको खण्डमा न्यायपालिका अफ्ठेरोमा पर्ने बताए ।

कार्ययक्रमा नेपाल सरकारका पुर्व मुख्य सचिव तथा नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै उपस्थित सबैलाई स्वागत गरे ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रेक्का हेक्काले विधिको शासनबारे फिनल्याण्डको अनुभव सुनाइन् । उनले मानव अधिकार, भ्रष्टाचार निवारण, अभिव्यक्ति स्वतन्त्रताजस्ता विषय फिनल्याण्डमा विधिको शासनका विशेषता रहेको बताइन् । विधिको शासन भएका मुलुकमा कानून नै सर्वोपरी हुने भन्दै उनले त्यस्ता मुलुकमा कुनै पनि किसिमको पक्षपात नहुने र सबैले समान रुपमा सार्वजनिक सेवा प्राप्त गर्ने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा संविधानविद्, वर्तमान एवम् पूर्वन्यायाधीशहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १८ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै